राजनीति


लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइनः चित्रबहादुर केसी

लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइनः चित्रबहादुर केसी

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८१ सोमबार १४:५१, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरबीच मतभेद बढेका कारण प्रतिगामीहरू सक्रिय हुन थालेको बताएका छन्।  

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थामो रक्षाका लागि नेतृत्व गरेका नेताहरूले सच्चिनुपर्ने बताएका हुन्।  

‘हाम्रा बीचमा मतभेद छन्। तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन। त्यसकारणले लोकतन्त्र र गणतन्त्र पक्षधरहरूको बीचमा प्रशस्तै मतभेद छन्,' उनले भने, 'मतभेदका बाबजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा यसको नेतृत्व गरेका साथीहरू सच्चिनु, आत्मआलोचना गर्नु। ति कमजोरी भएका कुराहरूलाई देश र जनताको अगाडि निर्भिक भएर आत्मआलोचना हुनुपर्दछ। होइन भने हामीले वर्षौं लडेर ल्याएको गणतन्त्र प्रतिगामीहरूले उल्ट्याउँछन् नि।’

उहाँले तीनकुने घटनाबाट पाठ सिकेर गणतन्त्रवादी दलहरू अगाडि बढ्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad