राजनीति


दुर्गा प्रसाईंको सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना पक्राउ

दुर्गा प्रसाईंको सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना पक्राउ

दुर्गा प्रसाईं


नेपालखबर
चैत १७, २०८१ आइतबार १९:३८, काठमाडौँ

दुर्गा प्रसाईंले गठन गरेका सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना पक्राउ परेका छन्। आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौँको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि १११ जना पक्राउ परेका थिए। 

उनीहरूमध्ये ४१ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

शनिबार एटीएफका संयोजक मुनिन्द्र राजभण्डारीलाई बालाजुबाट पक्राउ गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad