राजनीति


रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति

रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति

नेपालखबर
चैत १७, २०८१ आइतबार १८:४५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

जिल्ला अदालत काठमाडौँकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 

पक्राउ परेका मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा समेत अनुसन्धान गरिने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

अन्यलाई भने आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

चैत १५ गतेक काठमाडौँको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन थियो। उक्त हिंस्रक  प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो। 

त्यस्तै राजावादीहरूले विभिन्न निजी तथा सरकारी सम्पत्तिमा पनि क्षति पुर्‍याएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad