राजनीति


प्रतिनिधि सभा बैठक फेरि स्थगित

प्रतिनिधि सभा बैठक फेरि स्थगित

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै विपक्षी दलका सांसदहरू। तस्बिरः किरणराज विष्ट/रासस


नेपालखबर
चैत १७, २०८१ आइतबार १५:५७, काठमाडौँ

प्रतिनिधि सभा बैठक सूचना टाँसेर अपराह्न चार बजेसम्मका लागि स्थगित गरिएको छ।

बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिला गरेर बसेको थियो। 

बैठकमा विपक्षीहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए।

त्यसपछि १५ मिनेटका लागि स्थगित भएको थियो।

१५ मिनेटमा पनि बैठक बस्न नसकेपछि संसद सचिवालयले बैठक ४ बजेसम्मका लागि स्थगित भएको भन्दै सूचना टाँसेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad