राजनीति


ज्ञानेन्द्रलाई जरिवाना नगर्न बालेनसँग कमल थापाको आग्रह

ज्ञानेन्द्रलाई जरिवाना नगर्न बालेनसँग कमल थापाको आग्रह

बालेन्द्र शाह बालेन, कमल थापा र ज्ञानेन्द्र शाह


नेपालखबर
चैत १६, २०८१ शनिबार २१:४, काठमाडौँ

चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा गरिएका फोहोर र क्षतिमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गर्दै काठमाडौँ महानगरपालिकाले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेकामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि जनाएका छन्। 

उक्त जरिवाना तिर्न माग गर्दै काठमाडौँ महानगरपालिकाले ज्ञानेन्द्रलाई पठाएको पत्र फिर्ता लिन थापाले मेयर बालेन्द्र शाह बालेनलाई आग्रह गरेका छन्। 

‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हास्यास्पद छ। 'गलत ठेगानामा पठाइएको पत्र'जस्तो "स्टन्ट" भयो। मेयर बालेन शाहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ। पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ। राजाको कुरा छोडिदिऊँ, उहाँ पूर्वराष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नुपर्ने थियो। पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad