कोशी


भुटानी शरणार्थी शिविरबाट तीनजना पक्राउ

भुटानी शरणार्थी शिविरबाट तीनजना पक्राउ

नेपालखबर
चैत १६, २०८१ शनिबार २१:२२, विराटनगर

अमेरिकाबाट विभिन्न देश हुँदै अवैध रूपमा नेपाल प्रवेश गरेका भुटानी शरणार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

शनिबार करिब २ बजेको समयमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले विशेष सूचनाको आधारमा  प्रहरी टोलीले झापाको दमक नगरपालिका वडा नं. ३ स्थित बेलडाँगी शिविरमा बसिरहेका तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

नियन्त्रणमा लिइएकाहरूमा ३६ वर्षीय आशिष सुबेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ रहेको झापा प्रहरीले जनाएको छ।

उनीहरू शुक्रबार उक्त शिविरमा आइपुगेका थिए। प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धान र कारबाहीका लागि अध्यागमन कार्यालय काँकडभिट्टामा पठाइएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका तिनै जना अमेरिकाबाट डिपोट गरिएका व्यक्ति भएको हुनसक्ने भएकोले अध्यागमनको जिम्मा लगाएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad