राजनीति


राजावादीको षड्यन्त्र समाजवादी मोर्चाले असफल पार्‍यो : प्रचण्ड

राजावादीको षड्यन्त्र समाजवादी मोर्चाले असफल पार्‍यो : प्रचण्ड

नेपालखबर
चैत १६, २०८१ शनिबार १६:४८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरुको षडयन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। समाजवादी मोर्चाले ठूलो जनसमुदायबीच विरोध सभा नगरेको भए राजावादीहरुले ठूला आपराधिक घटना गराउने दाबी गरे। 

उनले आफूले राजावादीहरुले ठूला घटना गराउने योजना बनाएको सूचना पाएको दाबी गरे। 

उनले भने, ‘आज बिहान धेरै मानिसहरुले मलाई सम्पर्क गरेर भन्नुभयो, तीनकुनेका जनताले पनि देशभर हजारौँको संख्यामा जनतालाई नउतारेको भए, लोकतन्त्र र गणतन्त्रप्रतिको आफ्नो कमिटमेन्टलाई नगरेको भए त्यतिमात्रै होइन अझ ठूला घटना घटाएर देशमा एउटा प्रतिक्रान्तिलाई त्यसको पराकाष्ठामा पुर्‍याउने षड्यन्त्र थियो। धेरैको ज्यान बच्यो, धेरै धनजनको क्षति हुनबाट पनि बच्यो। दुई जनाको ज्यान गयो, थुप्रै गाडीहरु घरहरु जलाइए। संघ संस्थाका कार्यालय, पार्टीका कार्यालय जलाइए। तर मलाई जनताले भनेको कुरा बुद्धिजीवीहरुले भनेको कुरा यदि समाजवादी मोर्चाले त्यो स्तरको गणतान्त्रिक शक्तिले त्यो स्तरको प्रदर्शन नगरेको भए आततायीहरुको योजना र रणनीति यो भन्दा भयानक थियो।’

उनले राजावादीहरुलाई आततायी र विवेक शुन्य तत्वको संज्ञा दिँदै विगतमा निरंकुस राजतन्त्र सत्तामा हुँदा प्रेसलाई अंकुस लगाउने काम गरेको भन्दै राजावादीहरुको आक्रमणको निशाना पनि प्रेस नै भएको जिकिर गरे। 

सत्य सूचना प्रवाह गरी अग्रगमन र स्थिरताको चेतना फैलाउने प्रेस जगत प्रतिगामी तत्वसँग सचेत बन्नुपर्ने उनको भनाइ छ।

अध्यक्ष दाहालले गणतन्त्रवादी दलहरुकाले लोकतन्त्रप्रतिको प्रतिवद्धता र संकल्प स्थापित गर्नका लागि ठूलो संख्याको जनसमुदायबीच विरोध सभा गरेर उदाहरण प्रश्तुत गरेको जिकिर गरे।  

गणतन्त्रमाथि प्रहार भइरहेका बेलामा सरकारमा रहेका दलहरुले आफ्नो क्रियाकलाप सच्याएर गणतन्त्र बलियो बनाउने कार्यमा लाग्नुपर्ने उनको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad