राजनीति


देउवा भन्छन् : ज्ञानेन्द्र अहिले त यस्तो गर्छन् भने झन् राजा भए के गर्लान्?

देउवा भन्छन् : ज्ञानेन्द्र अहिले त यस्तो गर्छन् भने झन् राजा भए के गर्लान्?

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०८१ शनिबार १४:५४, बुटवल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार तीनकुनेमा उपद्रव मच्चाउनेहरूका नाइके ज्ञानेन्द्र शाह नै भएको बताएका छन्।

शनिबार लुम्बिनीमा नेपाली लेखक संघको आठौँ महाधिवेशन उद्घाटन समारोहमा देउवाले शाह सुध्रिने स्वभावकै मानिस नभएको टिप्पणी गरे। 

‘हुन त यो साहित्यिक कार्यक्रम हो तर हिजो काठमाडौँमा जसरी पूर्वराजाका नाममा हुलहुज्जत भयो, अनावश्यक तरिकाले धेरै घरहरूमा आक्रमण भयो। धेरै प्रेसमा पनि आक्रमण भयो। त्यसले गर्दाखेरि यो स्पष्ट भइसकेको छ कि पूर्वराजा ज्ञानेन्द्र अहिले त यस्तो गर्छन् भने झन् राजा भए के गर्लान्?,’ देउवाले भने, ‘उनको हर्कत प्रष्ट भइसकेको छ। त्यसै हटेका होइनन्। यिनी कहिले पनि संवैधानिक राजा बन्न खोजेका पनि थिएनन्। राजा बन्ने नेचरका पनि छैनन्। गणतन्त्र यिनले चाहेर हट्नेवाला पनि छैन।’

यस क्रममा देउवाले लेखक, पत्रकारहरूलाई लोकतान्त्रिक गणतन्त्रका पक्षमा खुलेर कलम चलाउन आह्वान पनि गरे। 

शुक्रबार तीनकुनेमा राजावादी नाममा उद्दण्ड जत्थाले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनीका साथै औषधि कारखाना र सञ्चारगृहमा समेत तोडफोड गरेका थिए। 

व्यापारिक केन्द्रमा पसेर उनीहरू लुटपाट पनि गरेका थिए।

विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री बनेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले नै निर्वाचन गराउन अक्षम भएको आरोप लगाउँदै २०५९ असोज १८ गते पदबाट बर्खास्त गरेका थिए।

त्यसको २ वर्षपछि २०६१ सालमा फेरि प्रधानमन्त्रीमा नियुक्त गरिए पनि ज्ञानेन्द्रले २०६१ माघ १९ गते शासन सत्ता हातमा लिँदै देउवालाई पदबाट हटाउँदै नजरबन्दमा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad