पत्रकार सुरेश रजकको हत्या, संचारकर्मी तथा संचारमाध्यममाथि भएको आक्रमणको विरोधमा पोखराका पत्रकारहरु सडकमा उत्रेका छन्।
नेपाल पत्रकार महासंघ कास्की शाखाको आह्वानमा उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर श्रद्धाञ्जली सभासहित विरोध सभा गरेको हो।
सो अवसरमा बोल्ने पत्रकारितासँग जोडिएका नेताहरुले राजावादीहरुको अराजक र आपराधिक हर्कतको कडा शब्दमा निन्दामात्र गरेनन्, लोकतन्त्र र गणतन्त्रको पक्षमा खुलेर लाग्ने उद्घोष गरे।
कार्यक्रममा पत्रकारको पेशागत दायित्व र सुरक्षाबारे पनि चर्चा भयो।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा शोकसभा आयोजना भएको हो।
123
Shares

प्रतिक्रिया