राजनीति


रास्वपाले बोलायो आकस्मिक बैठक

रास्वपाले बोलायो आकस्मिक बैठक

नेपालखबर
चैत १६, २०८१ शनिबार ११:२, काठमाडौँ

राजावादीका ध्वंसात्मक गतिविधिपछि विकसित घटनाक्रमबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ।

विकसित राजनीतिक घटनाक्रम र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल गर्न पार्टीको सचिवालय बैठक बिहान ११ बजे बोलाएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

आकस्मिक अवस्थामा बस्नुपर्ने भएकोले बैठक भर्चुअल माध्यमबाट हुने उनले बताए।

शुक्रबार राजावादीको प्रदर्शन हिंसात्मक भएपछि त्यसलाई अक्षम्य भनी रास्वपाले प्रारम्भिक प्रतिक्रिया दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad