राजनीति


पूर्वराजाका समर्थकले गरेको क्षति अनुगमन गर्न तीनकुने जाँदै गृहमन्त्री

पूर्वराजाका समर्थकले गरेको क्षति अनुगमन गर्न तीनकुने जाँदै गृहमन्त्री

शुक्रबार तीनकुने क्षेत्रमा राजावादीले गरेको आगजनी


नेपालखबर
चैत १६, २०८१ शनिबार ८:११, काठमाडौँ

गृहमन्त्री रमेश लेखक पूर्वराजा ज्ञानेन्द्र शाहका सर्मथकले शुक्रबार काठमाडौँको तीनकुनेमा गरेको धनजनको क्षतिबारे स्थलगत अनुमगन गर्ने भएका छन्। 

गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री लेखक अहिले बिहान ९ बजे तीनकुने प्रस्थान गर्ने कार्यक्रम छ। 

राजसंस्था पुन:स्थापनाका लागि आन्दोलनका नाममा शुक्रबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँको तीनकुने क्षेत्रमा हिंसात्मक गतिविधि गरिँदा २ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन्। यसैगरी १४ स्थानमा घर तथा कार्यालयमा आगजनी गरिएका छन्। 

काठमाडौं प्रहरीका अनुसार एक पत्रकार र एक प्रदर्शनकारीले ज्यान गुमाएका छन्।

काठमाडौँको कीर्तिपुर नगरपालिका ४ बस्ने २९ वर्षका सबिन महर्जन र सुरेश रजक तीनकुनेस्थित मार्वल हाउसमा मृत फेला परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad