राजनीति


मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौ, त्यहीँ आउँछु: दुर्गा प्रसाईं

मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौ, त्यहीँ आउँछु: दुर्गा प्रसाईं

नेपालखबर
चैत १५, २०८१ शुक्रबार २१:२, काठमाडौँ

राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्ने नाममा आज (शुक्रबार) काठमाडौँको तीनकुनेमा गरिएका हत्या, आगजनी र तोडफोडका नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेको छ। 

यसैबीच प्रसाईंले भने आफूलाई पक्राउ गर्न प्रहरी आइरहन नपर्ने, जहाँ बोलायो, त्यहीँ आउन तयार रहेको दाबी गरेका छन्। साथै उनले आफू थुनिए पनि अब आन्दोलन नरोकिने चेतावनी पनि दिएका छन्। 

‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ, त्यही आउँछु’, प्रसाईंले शुक्रबार बेलुकी सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब म थुनिएर आन्दोलन रोकिँदैन, किनकि दुर्गा अब व्यक्ति हैन, विचार हो, अभियान हो।’

तर प्रहरी भक्तपुरस्थित उनको घर पुग्दा प्रसाईं सम्पर्कविहीन भएको खबर आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad