राजनीति


लोकतन्त्रको पक्षमा र पश्चगमनविरुद्ध गोलबन्द हुन एमालेको आह्वान

लोकतन्त्रको पक्षमा र पश्चगमनविरुद्ध गोलबन्द हुन एमालेको आह्वान

नेपालखबर
चैत १५, २०८१ शुक्रबार २०:२६, काठमाडौँ

नेकपा (एमाले) ले लोकतन्त्रका पक्षमा तथा पश्चगमनका विरुद्ध गोलबन्द हुन आम नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेको छ।

शुक्रबार साँझ प्रेस वक्तव्य जारी गरी महासचिव शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने स्पष्ट पारेका छन्।

शुक्रबार राजावदी प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा भएको अराजक क्रियाकलापको एमालेले निन्दा गरेको गरेको छ।

‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्’ वक्तव्यमा भनिएको छ।

वक्तव्यमा ‘आजका आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न पनि सरकारसँग माग’ गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad