काठमाडौँको तीनकुनेमा राजावादीको अराजक समूहको आक्रमणमा परेर पत्रकार दिनेश गौतमको खुट्टा भाँचिएको छ। आज शुक्रबार दिउँसो भएको राजावादी प्रदर्शनको रिपोर्टिङ गर्न पुगेका अनलाइन खबर डटकमका पत्रकार गौतम आक्रमणमा परेका हुन्।
अनलाइनखबरका अनुसार राजावादी प्रदर्शनकारीले प्रहरीको अश्रुग्यास प्रहार गर्ने 'गन' खोसेको तस्बिर कैद गरेका गौतमलाई प्रहरीको सीआईडी भन्दै कुटपिट गरेका थिए।
भागिरहेका गौतमलाई अनलाइन खबरका अर्का पत्रकारसहितको टोलीले महादेवस्थान छिर्ने बाटोतर्फ लगेका थिए।
घाइते भएका उनलाई नजिकैको एभरेष्ट अस्पतालमा लगिएको थियो। अस्पतालमा चिकित्सकले खुट्ट भाँचिएको जानकारी गराएका थिए।
त्यस्तै राजावादी समूहको उग्र प्रदर्शनकारीले तीनकुनेको एक घरमा लगाएको आगलागीमा परेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको पनि मृत्यु भएको छ।
प्रदर्शनकारीले तीनकुनेमा रहेको कान्तिपुर र अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा तोडफोड गरेका थिए।
Shares

प्रतिक्रिया