समाज


पाटन अस्पतालमा ४ जना घाइतेको उपचार हुँदै, २ जना गोली लागेका

पाटन अस्पतालमा ४ जना घाइतेको उपचार हुँदै, २ जना गोली लागेका

नेपालखबर
चैत १५, २०८१ शुक्रबार २०:१५, काठमाडौँ

ललितपुरको पाटन अस्पतालमा चार जना घाइतेको उपचार हुँदै छ।

अस्पतालको आकस्मिक विभागका अनुसार दुईजना गोली लागेर र दुई जना टाउकोमा चोट लागेकाको उपचार भइरहेको हो। 

गोली लागेका दुई जनाको शल्यक्रिया गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।

शुक्रबार कोटेश्वरमा भएको राजावादी प्रदर्शनका क्रममा उनीहरू घाइते भएका थिए।

यता, दुईजना गोली लागेका सहित चार घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी गरी ३० जना घाइते भएका गृहमन्त्रालयले जनाएको छ।

प्रदर्शनमा प्रहरीको गोली लागेर एकजना र आगजनीबाट एक गरी दुई जनाको ज्यान गएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad