राजनीति


दुर्गा प्रसाईँले सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाएपछि अवस्था बिग्रियो: गृह मन्त्रालय

दुर्गा प्रसाईँले सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाएपछि अवस्था बिग्रियो: गृह मन्त्रालय

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १८:१६, काठमाडौँ

सरकारले दुर्गा प्रसाईँले सुरक्षाकर्मीलाई लक्षित गरेर मार्ने नियतले गाडी चलाएपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको हो।

सुरक्षा प्रमुखहरूको बैठकपछि गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा यो निष्कर्ष सुनाइएको हो।

गृह मन्त्रालयले राजावादीको प्रदर्शनलाई हिंसात्मक र खेदजनक भनेको छ।

दुर्गा प्रसाईको अगुवाइमा तीनकुनेमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति, अस्पताल तोडफोड र आगजनी भएको मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमा बताए।

उनले भने, ‘तीनकुनेमा राजावादी हिंसात्मक प्रदर्शन भयो। पूर्वराजाका समर्थकद्वारा भएको गतिविधि दुःखदायी र खेदजनक छ। संविधानले दिएको स्वतन्त्रता नै लाज लाग्ने खालको देखियो। दुर्गा प्रसाईँले सुरक्षाकर्मीलाई लक्षित गरेर मार्ने नियतले सवारी चलाएपछि अवस्था बिग्रिएको हो। निजी सम्पत्ति जोडफोड अस्पताल व्यापारिक तोडफोड गर्ने मानिसलाई भित्र राखेर घरमा आगो लगाउने गर्ने घटना भएको छ।’

मन्त्रालयले कीर्तिपुर ४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी पनि दिएको छ।

जडिबुटी कारखानामा ८ सवारीमा आगजानी गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad