समाज


जडीबुटीमा ८ सवारीमा आगजनी, अपराध गर्नेलाई कारबाही गरेरै छाडिन्छ: गृह

जडीबुटीमा ८ सवारीमा आगजनी, अपराध गर्नेलाई कारबाही गरेरै छाडिन्छ: गृह

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १८:३०, काठमाडौँ

कोटेश्वरस्थित जडीबुटी प्रशोधन केन्द्रमा ८ वटा गाडी जलाइएका छन्।

राजावादीहरूले उक्त सवारीमा आगजनी गरेको गृह मन्त्रालयले जानकारी दिएको छ।

गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले भने, ‘कानुनलाई हातमा लिने जोसुकैलाई कारबाही हुन्छ। नियन्त्रणमा लिइन्छ। कोही पनि आत्तिनुपर्दैन। एक दिन यस्तो घटना भए पनि सधैँ यस्तो हुँदैन।’

दंगामा संलग्न व्यक्तिहरू खोजीखोजी कानुनी दायरा ल्याउने उनले बताए।

‘यो क्षमायोग्य छैन,’ उनले भने, ‘कानुनी दायरामा ल्याउने प्रयास हुनेछ। आज नभए पनि रेकर्डको आधारमा कारबाहीको दायरामा ल्याउनेछौँ। अहिले पनि कतिपय ठाउँमा मानिसहरू फसेको भन्ने छ। सुरक्षाकर्मीले उद्धार गरिरहेकका छन्।’

‘भौतिक संरचना र गाडीहरूमा आगजानी भएको छ,’ उनले अगाडि थपे, ‘यो भिडले हामीलाई कहाँ पुर्‍याउँछ, मलाई अचम्म लागेको छ। यो आपराधिक हिंसात्मक घटना हो। सरकार यसरी सधैँ संयमित भएर बस्दैन। जनताको सुरक्षा गर्ने सरकारको जिम्मेवारी हो र सुरक्षा रणनीति परिवर्तन गरेर अन्य कारबाही अघि बढ्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad