माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादी मण्डलेहरुकाे असली रुप नेपाली जनताले आज काठमाडाैँकाे तिनकुनेमा देखेको बताएका छन्।
समाजवादी मोर्चाले आज भृकुटीमण्डपमा आयोजना गरेको विशाल सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौँको तिनकुनेमा आज राजावादीहरुले घरहरु जलाएर आतंक सिर्जना गर्ने प्रयास गरेको आरोप लगाए।
उनले ज्ञानेन्द्रले आफूले गरेको गल्तीको परिणाम अहिले भोगिरहेका भन्दै उनलाई अर्को गल्ती गनर्न चेताबनीसमेत दिए। ‘ज्ञानेन्द्रले प्रतिगमनतिर जाने अर्को गल्ती गरे झन् ठूलो मूल्य चुकाउने छन्,’ प्रचण्डले भने।
प्रचण्डले राजावादीहरु कुकुरको पुच्छरजस्तो भएका भन्दै व्यंग्य गरे। ‘राजावादीको आजको तीनकुनेको सभा मण्डले अराजकताको पराकाष्ठका रुपमा परिणत भएको छ,’ प्रचण्डले भने, ‘त्यहाँ प्रहरीमाथि आक्रमण गरिएको छ। घरहरुमा आगो लगाइएको छ। उनीहरु दुईचार जना मान्छे मारेर आतंक सिर्जना गर्ने प्रयास गर्दैछन्। तर सफल हुँदैनन्।’
उनले राजावादी मण्डलेहरुलाई जनताले राम्ररी देखि भोगिसकेको बताए।
Shares

प्रतिक्रिया