राजनीति


प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिसम्मलाई स्थगित

प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिसम्मलाई स्थगित

नेपालखबर
चैत १४, २०८१ बिहिबार १७:७, काठमाडौँ

प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विपक्षी दलको अडानपछि आजको बैठक बस्दै नबसी स्थगित भएको सूचना टाँस गरिएको हो। 

बैठक शुक्रबार (भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको बताइएको छ। 

आजको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम शुक्रबारलाई बोलाइएको संघीय संसद्ले जारी गरेको सूचनामा उल्लेख छ। 

सरकारले सोमबार कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो। 

चार महिनामात्रै कार्यकाल रहेको व्यक्तिलाई हटाएको भन्दै प्रतिपक्षी दलहरूले सरकारको जवाफ माग गरिरहेका छन्। 
सदन सञ्चालनको विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि बैठक सञ्चालन हुन सकेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad