राजनीति


कर्मचारीलाई तलब दिन बालेनलाई संघको सातदिने अल्टिमेटम

कर्मचारीलाई तलब दिन बालेनलाई संघको सातदिने अल्टिमेटम

नेपालखबर
चैत १४, २०८१ बिहिबार १४:१४, काठमाडौँ

स्थानीय तह कर्मचारी संघले काठमाडौं महानगरपालिकाका कर्मचारीहरूलाई तलब दिन सात दिनको अल्टिमेटम दिएको छ। संघका अध्यक्ष नारायणप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै एक हप्ताभित्र कर्मचारीलाई तलब नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्। 

आन्दोलनबाट सिर्जित परिणामको जिम्मेवार महानगर नै हुनुपर्ने संघको चेतावनी छ। 

'सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासका लागि पहल गनुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छृंखल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्याको सिर्जना गर्न उद्धत देखिनुले समस्या हल गर्नतर्फ होइन, आआफ्नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ,'  विज्ञप्तिमा भनिएको छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीहरूले तीन महिनादेखि तलब पाएका छैनन्। अरू प्रशासनिक काम पनि ठप्प छन्।

'महानगरको समस्या र हाम्रो मागलाई बेवास्ता गरी अझ उत्तेजित हुँदै समस्या लम्ब्याउने, बल्झाउनेतर्फ उद्दत भई आम कर्मचारीको समस्या हप्ताभित्र समाधान नगरेमा सम्पू्र्ण पेशाकर्मीहरू एकत्रित भज्ञ समग्र महानगरवासीको हित र कर्मचारीको हक सुनिश्चितताको लागि कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने' विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad