कारोबार


५.९९ लाख रुपैयाँ डाउन पेमेन्टमै नामी ईभी किन्न पाइने

५.९९ लाख रुपैयाँ डाउन पेमेन्टमै नामी ईभी किन्न पाइने

नेपालखबर
चैत १४, २०८१ बिहिबार १२:१४, काठमाडौँ

नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले एक विशेष फाइनान्सिङ अफरका साथ ईभी खरिदलाई थप पहुँचयोग्य बनाउने भएको छ। 

ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको हो।  

यो पेमेन्ट स्किमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउनपेमेन्ट गरी डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन्। नामी ईभी मोडेलहरूको लागि डाउनपेमेन्ट मूल्य ५.९९ लाख रुपैयाँमा तय गरिएको छ। 

यसले ग्राहकहरूलाई कुनै पनि क्यापिटल अपफ्रन्टविना पूर्ण रूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउनेछ जसले गर्दा अब यो ईभी ठूलो सङ्ख्याका ग्राहकहरूले सजिलै किन्न सक्ने गरी उपलब्ध हुनेछ।

कम्पनीका अनुसार सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्दछ जसले गर्दा ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहरूमार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई समयसँगै आफ्ना पेमेन्टहरू फैलाउन मद्दत गर्दछ। योसँगै, ४८ घण्टामा लोन अप्रुभल गरिन्छ जसले गर्दा खरिद अनुभव अझ आनन्द र सजिलो हुन्छ।

फाइनान्सिङको यस अवसरको बारेमा थप जानकारीको लागि नजिकैको नामी शोरूम भिजिट गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad