राजनीति


समाजवादी मोर्चाको बैठक आलोकनगरमा

समाजवादी मोर्चाको बैठक आलोकनगरमा

नेपालखबर
चैत १३, २०८१ बुधबार १६:४५, काठमाडौँ

संघीय संसदका दुवै सदन अवरूद्ध भएपछि समाजवादी मोर्चा छलफलमा जुटेको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ।

मोर्चाले चैत १५ राजावादीविरुद्ध प्रदर्शन गर्दै आएको छ। यसैको तयारीका लागि आज मोर्चाको बैठक बसेको हो। 

मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी छन्। 

एकीकृत समाजवादीले गणतन्त्र रक्षाका लागि सबै जनवर्गीय संगठन परिचालन गर्ने निर्णय गरिसकेको छ। 

मोर्चाले गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्दैछ।  त्यसअघि चैत १ गते बुद्धिजीवीसँग अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो। 
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad