सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी समेत आन्दोलित भएको छ।
रास्वपाका सांसद सुमना श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्कीसहितका नेताहरू अहिले कुलमानको पक्षमा नयाँ बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनमा सहभागी भएका हुन्।

उनले कुलमानलाई काम गर्न दे सरकार लेखेको प्लेकार्ड बोकेकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गर्दै प्राधिकरणको सिइओमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
सरकारको सो निर्णयको विरोधमा रास्वपाका सभापति रवि लामिछानेले सोमबार बेलुकी नै विजुली निभाएर मैन बत्ती बाल्दै विरोध जनाएका थिए। कुलमानको पक्षमा बिहानैदेखि विभिन्न क्षेत्रका व्यक्तिहरूले सरकारको निर्णयको विरोधमा प्रदर्शन गरिरहेका छन्।
Shares

प्रतिक्रिया