समाज


क्यान्सर स्क्रिनिङ् कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

क्यान्सर स्क्रिनिङ् कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

नेपालखबर
चैत १२, २०८१ मंगलबार १५:४०, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरूको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताएका छन्।

मंगलबार चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ कार्यक्रको उद्‌घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। 

उनले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरूमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए/नभएको पत्ता लगाउन स्क्रिनिङ्ग गर्ने लक्ष्य रोखको उल्लेख गरे। स्क्रिनिङको कार्यक्रम स्थानीय तहसम्म पुर्‍याउन सकेमात्र यो लक्ष्य हासिल हुने उनको भनाइ छ। 

उनले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ्ग अभियानको रुपमा सञ्चालन गरेको समेत बताए। उक्त अभियानमार्फत कक्षा ६ देखि १० सम्म पढ्ने ९४ प्रतिशत किशोरीहरूलाई एचपीभी खोप लगाइएको समेत मन्त्री पौडेलको दाबी छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय भएको उल्लेख गर्दै उनले स्थानीय तहसँग जोड्नसके मात्रै स्क्रिनिङ कार्यक्रम सफल हुने बताए।

उनले भने, ‘अहिले काठमाडौं महनागरसँग प्रतिष्ठानको सहकार्य भएको छ। यो एउटा उदाहरणीय बन्नेछ अब हामी ललितपुरलाई पनि अनुरोध गर्नेछौं। अब हामी नेपालका सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूलाई अनुरोध गर्नेछौँ। र यो वर्षभित्र ५० लाख मानिसको स्क्रिनिङ गर्ने लक्ष्यलाई हामी सार्थक बनाउन तिर लाग्नेछौँ।’

कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले क्यान्सर लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिने कुरा सबैको प्राथमिकतामा हुनुपर्ने बताइन्। उनले महिलाको स्तन, पाठेघर तथा अर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौं महानगरपालिकाले स्क्रिनिङ्गका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताइन्। 

उनले महानगरवासीको सहजताका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना, निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र र हेल्थ क्याम्पहरू आयोजना गर्ने कामहरू भइरहेको जानकारी दिइन्। महिलासँग सम्बन्धीत दीर्घ रोगहरू महानगरको प्राथमिकतामा रहेको समेत बताए।

नेपाल तथा विकासशील मुलुकहरूमा पाठेघरको मुखको क्यान्सरपछि महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो। समयमै स्क्रिनिङ गर्न नपाउँदा पाठेघरको मुखको क्यान्सरबाट वर्षेनी सयौँको संख्यामा नेपालमा महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको सरकारी तथ्यांक छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad