राजनीति


सरकारी पत्रको प्रतीक्षामा कुलमान

सरकारी पत्रको प्रतीक्षामा कुलमान

नेपालखबर
चैत १२, २०८१ मंगलबार ११:१४, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ सरकारको औपचारिक पत्रको प्रतीक्षामा छन्। 

बर्खास्तको औपचारिक पत्र प्राप्त भएपछि सरकारको निर्णयविरुद्ध अदालत जाने तयारी उनले गरेका छन्। 

‘हामी सरकारको पत्रको प्रतीक्षामा छौँ’, घिसिङनिकट स्रोतले मंगलबार बिहान नेपालखबरसँग भन्यो, ‘पत्र प्राप्त भइसकेको छैन, प्राप्त भएपछि अदालत जाने प्रक्रिया अघि बढ्छ।’ 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई ल्याएको छ। 

देशलाई लोडसेडिङ मुक्त बनाएको भन्दै नागरिकबाट वाहवाही पाइरहेका कुलमानलाई ओली नेतृत्वको सरकारले एकाएक प्राधिकरणबाट हटाएपछि मुलुकभर आक्रोश बढेको छ। 

सरकारको निर्णयविरुद्ध सडकमा प्रदर्शनसमेत सुरु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad