नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम घोषणा गरिएको छ।
यस्तै, उपाध्यक्षमा चेतन अधिकारी, महिला उपाध्यक्षमा कृपा भण्डारी र महासचिवमा हिरामान लामा चयन भएका छन्।
विराटनगरमा जारी महाधिवेशनका क्रममा प्रतिस्पर्धामा जान नदिई नयाँ नेतृत्व घोषणा गरिएको हो।
निवर्तमान अध्यक्ष गणेश बस्नेतले ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका हुन्। निवर्तमान उपाध्यक्ष राजेश राईसहितलाई निर्वाचनमा जान निषेध गर्दै एमालेले चौतारीको नेतृत्व चयन गरेको हो।
468
Shares

प्रतिक्रिया