नेपाली कांग्रेसको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। कुल खसेको ४७० मध्ये ३५१ मत प्राप्त गरी उनी विजयी भएका हुन्।
संघको प्रथम महाधिवेशनअन्तर्गत शनिबार (चैत ९) मतदान भएको थियो। मतगणनाको अन्तिम परिणामानुसार अध्यक्ष पदका अर्का प्रत्यासी विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरे।
उपाध्यक्ष र एक महामन्त्री पदमा पनि चम्लागाईं समूहका उदयबहादुर लिम्बू र अनिता घिमिरे निर्वाचित भए। लिम्बूले ३३२ र घिमिरेले ३३९ मत पाए।
अरू दुई महामन्त्री भने चम्लागाईंभन्दा फरक प्यालनबाट निर्वाचित भए। महामन्त्रीमा निर्वाचित गणेशबहादुर खत्रीले ३४९ र किरण पासवानले ३५५ मत पाएको निर्वाचन समितिले जनाएको छ।
अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापानिकट हुन्। सभापति शेरबहादुर देउवानिकटको समर्थनबाट चम्लागाईं निर्वाचित भएका हुन्।
Shares

प्रतिक्रिया