राजनीति


अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्ने आवश्यकता छैन : कांग्रेस

अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्ने आवश्यकता छैन : कांग्रेस

नेपालखबर
चैत १०, २०८१ आइतबार २०:३, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले अहिलेको राजनीतिक व्यवस्था परिवर्तन गर्न आवश्यक नै नभएको निर्णय गरेको छ।  आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले वर्तमान संविधान र गणतन्त्र नै उपयुक्त भएको निर्णय गरेको प्रवक्ता डा.प्रकाशरण महतले जानकारी दिए। 

'नेपाली जनतामा निहीत सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो,' कांग्रेसले निर्णयमा भनेको छ,'संविधानको संरक्षण, संवर्द्धन र कार्यान्वयनमार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेस दृढ विश्वास छ। यही विश्वासका साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवार ठान्दै नेपाली कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad