राजनीति


थुनुवा र कैदीबन्दीको मानवअधिकार हनन् हुन दिँदैनौँ : गृहमन्त्री लेखक

थुनुवा र कैदीबन्दीको मानवअधिकार हनन् हुन दिँदैनौँ : गृहमन्त्री लेखक

नेपालखबर
चैत १०, २०८१ आइतबार १७:२८, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका थुनुवा तथा कारागारमा रहेका कैदीबन्दीको मानवअधिकारको सुरक्षा सरकारले गर्ने बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले थुनुवा र कैदीबन्दीको मानव अधिकार हनन हुन नदिने प्रतिवद्धता जनाएका हुन्। उनले थुनुवा तथा कैदीबन्दीहरुमाथि कुनैपनि मानवअधिकार हनन हुने कार्य सररकारले नगर्ने प्रतिवद्धता व्यक्त गरे। 

उनले सीमित स्रोत साधनमा कैदीबन्दी तथा थुनुवाको व्यवस्थापन गर्नुपर्ने समस्या सरकारले उचित रुपले सम्बोधन गर्ने बताए। उनले पछिल्लो समय नुवाकोटमा नयाँ कारागार निर्माण भएर सञ्चालनमा आएको बताउनु भयो। देशभरका पुराना कारागारहरुको भौतिक सुधारका लागि सरकारले पहल गरी रहेको उनको भनाइ छ।

उनले भने, ‘कुनैपनि हिरासतको मानिस थुुनुवा, कैदीबन्दीलाई कुनै अमानवीय व्यवहार गर्ने, निर्मम व्यवहार गर्ने, अथवा मानवअधिकारको हनन् गर्ने ढंगले काम गर्ने कुरा हुँदैन त्यसको ग्यारेन्टी हामी गर्छौँ, सरकारले ग्यारेन्टी गर्छ। कुनैपनि व्यक्तिको मानव अधिकार हनन गर्ने कुरा हुँदैन। तर अलिकता सीमित स्रोत साधनमा काम चलाउनुपर्ने केही समस्याहरु छन् यसका विषयमा पनि हामीले विशेष ध्यान दिएका छौँ। र यसमा हामी सुधार गछौँ। भौतिक सुधार गर्छौँ। केही कारागारहरु थप निर्माण गर्ने, जस्तो पछिल्लो अवस्थामा नुवाकोटको कारागार प्रचलनमा आएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad