सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो।
आज दिउँसो १ बजे बस्ने गरी डाकिएको बैठक करिब तीन घण्टा ढिला सुरु भएको पार्टी प्रवक्ता डा.प्रकाशशरणले महतले जानकारी दिए।
आजको बैठकमा भ्रातृसंस्थाको म्याद थप वा महाधिवेशनको मिति सार्नेबारे छलफल हुँदैछ।
भ्रातृसंस्थाहरूको महाधिवेशन गराउन यही चैत मसान्तसम्मको समयसीमा तोकिएको थियो।
तर, अधिकांश मुख्य भ्रातृसंस्थाको महाधिवेशन नहुने भएपछि नयाँ पदाधिकारी नियुक्त वा म्याद थप गर्ने भन्नेबारे छलफल गर्न लागिएको हो।
त्यस्तै राजावादीको पछिल्लो सक्रियताबारे पनि आजको बैठकले पार्टीको धारणा तय गर्ने बताइएको छ।
Shares

प्रतिक्रिया