वीरगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)की आर्जु राय विजयी भएकी छन्।
सभापति पदमा रायले १०३ मत प्राप्त गरेकी हुन् भने सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ)की मन्दिरा चिमोरिया १०४ मतसहित निर्वाचित भएकी छन्।
त्यस्तै, कोषाध्यक्ष पदमा अनेरास्ववियुकी आसिका पौड्याल विजयी भएकी छन्। उनले ११५ मत प्राप्त गरिन्।
क्याम्पस प्रमुख डा. कल्पना पौडेलका अनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।
177
Shares

प्रतिक्रिया