कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाएका छन्।
ललितपुरमा आज आयोजित नेपाल कृषि मेसिनरी व्यवसायी संघको नवौ वार्षिक साधारण सभालाई सम्वोधन गर्दै मन्त्री अधिकारीले एकातिर कृषिलाई यान्त्रीकरण गर्दै जानुपर्ने आवश्यकता रहेको र अर्कोतर्फ यस्ता उपरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था नभएको बताएका हुन्।
आफैँले किनेको हाते ट्रयाक्टर बिग्रिएर प्रत्येक वर्ष दश हजारभन्दा बढी खर्च गर्नुपरेको उनको गुनासो छ।
'म आफैँले किनेको हाते ट्रयाक्टर बिग्रिएर प्रत्येक वर्ष दश हजारभन्दा बढी खर्च गर्नु परेको वास्तविकता छ,' उनले भने, '५० हजार हालेर किनेको मेसिन मर्मत गरिरहन किसानले खर्च धेरै गर्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्छ।'
उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन, र दीगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै सरकार अघि बढेको उनको दाबी छ।
Shares

प्रतिक्रिया