राजनीति


भ्रष्टाचारको दुष्चक्रले जनता निराश छन् : बाबुराम भट्टराई

भ्रष्टाचारको दुष्चक्रले जनता निराश छन् : बाबुराम भट्टराई

नेपालखबर
चैत ९, २०८१ शनिबार १६:५९, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताएका छन्।

जनकपुरमा शनिवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू पनि विस्तारै थाक्दै गल्दै गएको जिकिर गरे।

उनले त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल भएको बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउने दाबी समेत गरे। संघीयतासम्बन्धी आवश्यक नियम, कानून आदि वेलामा नबनाइदिँदा ठिक ढंगले कार्यान्वयन हुन नसकेको बताए।

भट्टराईले भने, ‘अहिले काँग्रेस, एमाले‚ माओवादी र पहिचानवादी आन्दोलनमा आएका साथीहरूको नेतृत्व पनि बिस्तारै थाक्दै गल्दै निष्क्रिय र गतिहीन जस्तो बनेको छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउँथ्यो। त्यो हुन नसक्नु एउटा कारण हो। अर्को संघीयतामा गयौँ तर संघीयतासम्बन्धी आवश्यक नियम, कानून आदि वेलामा नबनाइदिँदा त्यसको ठिक ढंगले कार्यान्वयन भएको छैन।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले अहिलेको संघीयता अपूरो रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad