राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्मचारी माग गरेको छ। आज कर्मचारी आवश्यकता भन्दै एक सूचना जारी गरेको हो।
सूचनामा कामको चाम सहन सक्ने क्षमता भएको कर्मचारी माग गरिएको उल्लेख छ।
रास्वपाले 'फ्रन्ट डेक्स सहायक' पदमा कक्षा १२ उत्तीर्ण भएको एक कर्मचारी आवश्यकता भएको जनाएको छ।
आवेदन दिनका लागि सात दिनको म्याद तोकिएको छ।
सञ्चार सम्बन्धी राम्रो ज्ञान भएको, कम्युटरमा दक्षता भएको, रास्वपाको वेबसाइट र एपबारे जानकारी भएको, नेपाली-अंग्रेजी टाइपिङ गर्न सक्ने, सकारात्मक सोच भएको, कामको चाप सहन क्षमता भएको र समूहमा काम गर्न सक्ने व्यक्तिले आवेदन दिन सकिने रास्वपाले जनाएको छ।
1.3k
Shares

प्रतिक्रिया