नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारेको भएपनि सन्तोष गर्ने अवस्था नरहेको बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले शिक्षामा छलाङ मार्दा पनि सन्तोष हुन नसक्नुमा देशमै विद्यार्थीलाई खुशीका साथ राख्न नसक्नु रहेको बताए।
पूर्वराष्ट्रपति यादवले सरकारले आफ्ना युवाहरू स्वदेशमै राख्नसक्ने वातावरण सिर्जना गर्न जरुरी रहेको बताए।
उनले आफ्नो देशको समस्या बुझेर काम गर्न जरुरी रहेको बताए। उनले अध्ययनसहितको विकास हुन नसकेको प्रति दुःख व्यक्त गरे।
पूर्वराष्ट्रपति यदवले भने, ‘हामीले शिक्षाको क्षेत्रमा छलाङ मारेका छौँ। तर सन्तोष छैन। किनभने हाम्रो देशमा विद्यार्थी राख्न नै समस्या छ। सिभिलाइजेसनेको इतिहास हेर्नुहुन्छ भने यस्तो समय आउँछ। हाम्रो जमानामा समाचार पुग्थेन सबै ठाउँमा। तर अहिले सबैसँग स्मार्ट फोन छ, सबैको देश दुनियाँको समाचार बुझिरहेको छ। आफ्नो देशको कुरा बुझिरहेको छैन।’
उनले थपे, ‘बिए पास गरेको विद्यार्थीलाई मैले आफ्नो देशको जियोग्राफी र इतिहास, राजनीतिक इतिहास सोधौँ भनेर र उसलाई पेपर दिएर दुई पेजको नेपाली राजनीतिक इतिहासको बारेमा लेख्न भनौँ भने सक्दैन। त्यसको दोष हामी राज्य चलाउने मानिसहरुको हो।’
प्रथम राष्ट्रपति यादवले आफ्नो देशको बारेमा सबै कुराको जानकारी राख्न जरुरी रहेको बताए। देशको समस्या बुझ्न नसक्ने मानिस उत्पादन गर्न जरुरी रहेको बताए।
उनले तराई मरुभूमि हुन लागेको भन्दै त्यसो हुन दिनु नहुने बताए। चुरेको संरक्षणमा लाग्न सबैलाई आग्रह गरे।
Shares

प्रतिक्रिया