कारोबार


कमेरोटार जग्गा एकीकरण आयोजनाले खुलायो प्लट बिक्री, न्यूनतम भाउ कति?

कमेरोटार जग्गा एकीकरण आयोजनाले खुलायो प्लट बिक्री, न्यूनतम भाउ कति?

नेपालखबर
चैत ६, २०८१ बुधबार १३:१८, काठमाडौँ

भक्तपुरको मध्यपुर थिमिमा रहेको कमेरोटार जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र विकास गरिएका घडेरीको बिक्री प्रक्रिया सुरु गरेको छ। 

आयोजनाले एक सूचना जारी गर्दै इच्छुक क्रेताहरुबाट सिलबन्द बोलपत्र आह्वान गरेको हो। 

आयोजनाले ५ सेक्टरमा आधा दर्जन बढी घडेरी बिक्री गर्नलागेको छ। त्यसका लागि प्रतिआना मूल्य र प्लटको न्यूनतम मूल्य पनि तोकेको छ। 

आवेदकले चाहेको प्लटको जम्मा मूल्य खुलाई नागरिकताको प्रतिलिपिसहित ३० दिनभित्र बोलपत्र फारम खरिद गरी ३१औँ दिन १२ बजेभित्र पेस गर्न सक्नेछन्। 

आयोजनाका अनुसार खरिद गर्न चाहेको प्लटको आफूले कबोल गरेको कुल अंकको १० प्रतिशत रकम नेपाल बैंक थिमि शाखामा रहेको धरौटी खातामा जम्मा गरी सक्कल भौचर बुझाउनुपर्नेछ। 

सोही दिन दिउँसो २ बजे प्राप्त सिलबन्दी बोलपत्रहरु खोलिने आयोजनाले जनाएको छ। विकसित घडेर खरिदको लागि छनोट भएका व्यक्तिहरुले बाँकी ९० प्रतिशत रकम बोलपत्र स्वीकृत भएपछि १५ दिनभित्र जम्मा गर्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad