आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेविसंघका निशान अर्यालको प्यानल नै विजयी भएको छ।
मंगलबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार नेविसंघको प्यानल नै निर्वाचित भएको हो।
जसअनुसार सचिवमा सागर पंगेनी, कोषाध्यक्षमा विक्रम भुजेल तथा सदस्यमा अनु मण्डल, राम भण्डारी र याङजी गौडेल विजयी भएका छन्।
योसहित स्ववियु निर्वाचनमा नेविसंघ यो क्याम्पसमा चौथोपटक प्यानल नै विजयी भएको हो।
यहाँ अनेरास्ववियु, अनेरास्ववियू क्रान्तिकारी र अनेरास्ववियूको गठबन्धन थियो भने नेविसंघ एक्लै लडेको थियो।
कूल खसेको मत १७८ मध्ये नेविसंघका अर्यालले ९६ मत प्राप्त गरे।
उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत प्राप्त गरेका छन् भने १ मत बदर भयो।
समानुपतिक मतमा पनि नेपाल विद्यार्थी संघले धेरै मत पाउँदै ३ सिट सुरक्षित गरेको छ।
Shares

प्रतिक्रिया