राजनीति


कांग्रेस बैठकमा गृहमन्त्रीको ब्रिफिङ : पूर्वराजाको स्वागतमा १३ हजार मान्छे आए

कांग्रेस बैठकमा गृहमन्त्रीको ब्रिफिङ : पूर्वराजाको स्वागतमा १३ हजार मान्छे आए

गृहमन्त्री रमेश लेखक। फाइल तस्बिर


नेपालखबर
चैत ५, २०८१ मंगलबार १८:५७, काठमाडौँ

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा गृहमन्त्री रमेश लेखकले फागुन २५ गते पूर्वराजाको स्वागतमा भएको गतिविधिबारे ब्रिफिङ गरेका छन्। 

आज मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा लेखकले राजावादीको सक्रियताबारे ब्रिफिङ गरेको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। 
 
'पूर्वराजालाई त्रिभुवन विमानस्थल गेटदेखि नै स्वागत गर्ने गरी राजावादीको प्रदर्शन जुन थियो, त्यो शान्तिपूर्ण नै थियो,' लेखकलाई उदृत गर्दै ती पदाधिकारीले भने, 'प्रदर्शनमा १३ हजार मान्छे थिए। बाहिर हेर्नेहरू पनि गर्दा त अलि धेरै पनि थिए।'

पूर्वराजा करिब एक महिनाको पोखरा बसाइपछि फागुन २५ गते काठमाडौँ फर्किएका थिए। उनी फर्किँदा राजावादीहरूले स्वागत कार्यक्रम राखेका थिए। 

कांग्रेसले पूर्वराजा र राजावादीको सक्रियताबारे आधिकारिक धारणा भने चैत १० गते बस्ने पार्टी कार्यसम्पादन बैठकपछि सार्वजनिक गर्ने बताएको छ।  

आजको बैठकमा पार्टीका विभिन्न संगठनको महाधिवेशन तथा स्ववियु निर्वाचन केन्द्रित छलफल भएको पार्टी प्रवक्ता डा प्रकाशरण महतले नेपालखबरलाई जानकारी दिए। 

'आज पार्टीका विभिन्न संगठनहरूको महाधिवेशनका विषयमा छलफल भयो,' उनले भने, 'पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागि कार्यसम्पादन समिति बैठक बोलाइएको छ। बैठक चैत १० गते बस्ने निर्णय भएको छ।' 

१० गतेको कार्यसम्पादन समिति बैठकमा राजावादीको पछिल्लो सक्रियताबारे छलफल हुने महतको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad