राजनीति


मधेसका शिक्षा अधिकारीहरूले एसईई परीक्षाका लागि ठूलो चलखेल गरेका छन् : मुख्यमन्त्री सिंह

मधेसका शिक्षा अधिकारीहरूले एसईई परीक्षाका लागि ठूलो चलखेल गरेका छन् : मुख्यमन्त्री सिंह

नेपालखबर
चैत ५, २०८१ मंगलबार १९:७, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशअन्तर्गतका शिक्षा अधिकारीहरूले एसईई परीक्षाका लागि ठूलो चलखेल गरेको आरोप लगाएका छन्। 

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  उनले एसईईको परीक्षाका लागि शिक्षा अधिकारीहरूले ठूलो भ्रष्टाचार गरेको आरोप लगाए।

उनले निजी क्षेत्रको मात्रै नतिजा राम्रो हुने र सरकारी तथा सार्वजनिक विद्यालयको नतिजा नराम्रो आउनुमा शिक्षा अधिकारीहरूको कमजोरी रहेको बताए।

एसईई मर्यादित बनाउन केन्द्राध्यक्ष रोष्टर निर्माण गर्न आग्रह गरेको भए पनि नगरिएको गुनासो गरे। उनले परीक्षा अहिले सञ्चालन गर्न दिने तर आगामी दिनमा प्रदेश सरकारले आफ्नो निर्णय गरेर अघि बढ्ने बताए। 

अहिलेका शिक्षा अधिकृतरूमाथि कारबाही नगरे मधेस प्रदेशबाट उनीहरूलाई नै हटाउने निर्णय गरेर अघि बढ्ने चेतावनी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad