नेपाली कांग्रेसले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी/पूर्वपदाधिकारीको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले नेपालखबरलाई जानकारी दिए।
'आज पार्टीका विभिन्न संगठनहरूको महाधिवेशनका विषयमा छलफल भयो,' उनले भने, 'पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागि कार्यसम्पादन समिति बैठक बोलाइएको छ। बैठक चैत १० गते बस्ने निर्णय भएको छ।'
पछिल्लो समय राजावादीहरूको प्रदर्शनबाट दलहरू सशंकित छन्। प्रतिपक्षी दलले त राजावादीविरुद्ध विरोध प्रदर्शन गर्दैछन्। १० गतेको कार्यसम्पादन समिति बैठकमा राजावादीको पछिल्लो सक्रियताबारे छलफल हुने महतको भनाइ छ।
414
Shares

प्रतिक्रिया