राजनीति


राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाउने राप्रपाको निर्णय

राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाउने राप्रपाको निर्णय

नेपालखबर
चैत ५, २०८१ मंगलबार १८:४६, काठमाडौँ

राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाउने राप्रपाको निर्णय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको छ। 

मंगलबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले राजसंस्था पुनर्स्थापनाको मूल लक्ष्यसहित ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा नजाने र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो।  

यसअघि नवराज सुवेदीको नेतृत्वमा आन्दोलनमा जाने गरी समिति बनेको थियो। उक्त समितिमा राप्रपाकै उपाध्यक्ष रवीन्द्र मिश्र पनि सदस्य सचिव थिए भने अध्यक्ष लिङ्देन सदस्य थिए। 

उक्त समितिलाई अस्वीकार गर्दै राप्रपाले आफ्नै नेतृत्वमा नयाँ समिति बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। 

'राप्रपाले राजसंस्था, हिन्दूराष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरूलाई निरन्तरता दिनेछ,' पार्टीको निर्णयमा भनिएको छ, ' राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रमहरू तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्नेछ र आन्दोलनका आगामी कार्यक्रमहरू तय गर्ने निर्णय गरिएको छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad