राजनीति


जग्गा बाँझो हुन नदिने उपाय खोज्‍न संसदीय समितिको निर्देशन

जग्गा बाँझो हुन नदिने उपाय खोज्‍न संसदीय समितिको निर्देशन

नेपालखबर
चैत ५, २०८१ मंगलबार १५:३९, काठमाडौँ

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँझो जग्गाको समस्या समाधान गर्न दीर्घकालीन रुपमा नीतिगत सुधारका विषयमा योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो। 

समितिको तर्फबाट सभापति कुसुमदेवी थापाले नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोवास, भूमिहीन सुकुम्वासी, सार्वजनिक तथा हदबन्दी छुट जग्गाको उपयोग तथा संरक्षण तथा संवर्द्धनका समस्या समाधान गर्ने सम्बन्धमा दीर्घकालीन रुपमा नीतिगत सुधारका विषयमा योजना बनाइ कार्यान्वयनमा ल्याउन भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइन्। 

उनले गुठी किसानको समस्या समाधान गरी, पीडित किसानको मागको सम्बोधन गर्ने सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायहरुसँग थप छलफल तथा परामर्श गरी कार्य सम्पादन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइन्। 

भेरी शीतभण्डारको अनुदान दिइएको विषयमा अनुदान कायम हुने सम्बन्धमा आवश्यक निर्णय गर्न पनि उनको निर्देशन छ।  समितिले बाँझो जग्गाको उपयोगबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,अर्थ, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad