देशका अधिकांश क्याम्पसमा अहिले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको मतदान जारी छ। तर राजधानीका त्रिचन्द्र क्याम्पस र अमृत साइन्स क्याम्पसको स्ववियु चुनाव छैन। यहाँ विद्यार्थी संगठनहरूको विवादका कारण ताला लगाइएको छ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर पनि क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै तालाबन्दी भएका कारण निर्वाचन सुरु हुन नसकेको निर्वाचन अधिकृत डा. अंगदमणि गौतमले जानकारी दिए।
अमृत साइन्स क्याम्पसमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गत फागुन २८ गते ताला लगाएपछि चुनाव अन्योल भएको हो।
एमालेनिकट अनेरास्ववियुका उम्मेदवार कमलराज जोशी, स्ववियु सदस्य पंकज पाण्डे, गोपालजंग शाही र दिनेश सिंग्देललाई फौजदारी अभियोग लागेको दाबी गर्दै उम्मेदवारी खोरेजी गर्न अखिल क्रान्तिकारीको माग छ।
लगत्तै अनेरास्ववियुले अखिल क्रान्तिकारीलाई काउन्टर दिँदै क्याम्पस प्रमुखसमक्ष विभिन्न मागहरू पेस गरेको छ।
त्यस्तै अमृतमा साइन्स क्याम्पसमा ताला बन्दी गरिएको छ। तालाबन्दीकै कारण चुनाव स्थगित भएको छ। क्याम्पस हाताभित्र होहल्ला र झडपको अवस्था सिर्जना भएकाले सुरक्षा चुनौती मध्यनजर गर्दै चुनाव स्थगित गर्नुपरेको निमित्त क्याम्पस प्रमुख डा. होमबहादुर बानियाँले जानकारी दिए। बुधबार सबै संगठनका नेतृत्वलाई छलफलमा डाकिएको र छलफलबाट निस्किने निष्कर्षकै आधारमा निर्वाचन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ।
आज (मंगलबार)त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ।














Shares

प्रतिक्रिया