राजनीति


६ वटा संसदीय समितिको बैठक आज बस्दै

६ वटा संसदीय समितिको बैठक आज बस्दै

नेपालखबर
चैत ५, २०८१ मंगलबार ९:१, काठमाडौँ

संघीय संसद्का ६ वटा संसदीय समितिको बैठक आज (मंगलबार) बस्दैछ। 

आज प्रतिनिधिसभाका चार र राष्ट्रिय सभाका २ वटा समितिका बैठक बस्न लागेको हो।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ। 

त्यसैगरि बिहान ११ बजे नै सार्वजनिक लेखा समितिको पनि बैठक बस्दैछ। बैठकमा सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदनको प्रारम्भिक मस्यौदामा छलफल हुनेछ। 

त्यसैगरि बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगतिलगायत विषयमा छलफल हुँदैछ। 

समितिका सदस्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग यस विषयमा छलफल गर्ने कार्यसूची छ। 

त्यसैगरि बिहान ११ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ। 

त्यसैगरि आज दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल हुनेछ।

त्यसैगरि आज दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad