राजनीति


संघीय सांसदको संख्या बढी भयो, १६५ मा झारौँ : धनराज गुरुङ

संघीय सांसदको संख्या बढी भयो, १६५ मा झारौँ : धनराज गुरुङ

नेपालखबर
चैत ४, २०८१ सोमबार २०:४०, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संघीयताको पुनःसंरचना गर्न आवश्यक रहेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले संघीय संसदमा सांसदहरुको संख्या बढी भएको समेत टिप्पणी गरेका छन्। समानुपातिक र समावेशी सहित संघीय संसदमा २७५ बाट घटाएर १६५ मा झार्नुपर्ने उनको भनाइ छ।

उपसभापति गुरुङले प्रदेशहरुमा समेत सांसदहरुको संख्या बढी भएको कारण संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको जिकिर गरे। उनले संघीयताको नाममा उत्पदानमा केन्द्रित नभई वितरमुखी प्रक्रियामा रमाइरहने प्रवृत्तिले संघीयमाथि सधैं प्रश्न उठिरहने बताए।

उनले भने, ‘हाम्रो जम्माजम्मी तीन करोड जनसंख्या छ, २७५ प्रतिनिधि सभा छ। निश्चित रुपमा समावेशी र समानुपातिकलाई खारेज गर्नु हुँदैन। तर समावेशी र समानुपातिकलाई राखेरै पनि १६५ मा जान सकिएला नि। संख्या यहाँ पनि घटाउँ। तल प्रदेशमा पनि संख्या किन जम्बो चाहियो? त्यहाँ पनि संख्या घटाउँ। हाम्रो संघीय संरचनामा पुनःसंरचना आवश्यक छ। अर्कोतर्फ हामीले उत्पादन नै केन्द्रबिन्दु बनाएर जानुपर्छ। जबसम्म हामीले उत्पादनलाई केन्द्रित गर्दैनौं र वितरणमुखीमा हामी रमाइरहन्छौं तबसम्म संघीयतामा प्रश्न उठि नै रहन्छ। ’

उनले संघीयताको सफल कार्यान्वयन हुन नसक्दा संघ र प्रदेश एउटै बाटोमा हिँडिरहेको टिप्पणी गरे। उनले संघीयताको सफल कार्यान्वयनको लागि पुँजी निर्माणलाई प्राथमिकता दिन जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad