राजनीति


शिक्षक महासंघले जनमोर्चालाई बुझायो ज्ञापन

शिक्षक महासंघले जनमोर्चालाई बुझायो ज्ञापन

नेपालखबर
चैत ४, २०८१ सोमबार १७:५२, काठमाडौँ

नेपाल शिक्षक महासंघले राष्ट्रिय जनमोर्चालाई ज्ञापनपत्र बुझाएको छ।

विभिन्न दलका कार्यालयमा धर्ना दिँदै आएको शिक्षक महासंघले सोमबार जनमोर्चाको कार्यालय पुगेर ज्ञापन बुझाएको हो।

कपनस्थित जनमोर्चाको कार्यालय पुगेर शिक्षक नेताहरू सोमनाथ गिरी, सानोभाइ कार्की, पुष्प कुँवर, कल्पना पनेरू, होमकुमार थापालगायतले ज्ञापन बुझाउँदै आन्दोलनको विषयवस्तुबारे जानकारी गराएका थिए।

ज्ञापन पत्र बुझ्दै जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले शिक्षक महासंघको आन्दोलनप्रति पार्टीको ऐक्यबद्धता रहेको बताए।

कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री र केन्द्रीय सदस्य सुधा शर्मासमेतको उपस्थिति रहेको थियो।

पछिल्लो समयमा शिक्षक महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यस क्रममा फागुन २७ गते नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा, फागुन २८ गते नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा, चैत १ गते नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा, चैत २ गते नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा र चैत ३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाइसकेको छ।

सोमबार राजमोसँगै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।

चैत ५ गते जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपा नेपालको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ।

घोषित कार्यक्रमअनुसार चैत ५ गतेसम्म सङ्घीय सांसदसित भेटेर आफ्ना माग प्रस्तुत गर्ने, चैत ७ गतेदेखि १५ गतेसम्म रिले अनसन तथा चैत २० गतेदेखि काठमाडौँमा शैक्षिक संस्था बन्द गरी सडक आन्दोलन गर्ने महासंघको कार्यक्रम छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad