राजनीति


नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौँ : सञ्चारमन्त्री गुरुङ

नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौँ : सञ्चारमन्त्री गुरुङ

नेपालखबर
चैत ३, २०८१ आइतबार १३:१०, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन्। 

विज्ञापन प्रवर्द्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आईतवार काठमाडौंमा सम्बोधन गर्दै उनले पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गरेका हुन्।  

उनले अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भएपनि वाञ्छित सफलता हाँसिल गर्न नसकिरहेको बताए। 

‘पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसकेर हो भन्नेकुरा हामीले महशुस गरेका छौँ। हाम्रो मूल्यांकनमा त्यही कुरा छ। यो सबै समस्याको समाधानमा हामी लागेका छौँ,' उनले भने, 'आजको दिनमा बढ्दै गएको अर्थतन्त्रको समस्या सुधार्न हामी कति धेरै प्रयत्न गरिरहेका छौँ। तर अझै पनि हामीले चाहेअनुसारको वाञ्छित सफलता हाँसिल गर्न सकेका छैनौँ। विस्तार विस्तार श्रीलंका हुनबाट जोगाइएको छ। सरकारले गरेको पहिलो काम भनेको नेपाललाई श्रीलंका हुनबाट जोगाएको हो। या असफल राष्ट्र हुनबाट जोगाइएको छ।'

उनले आजको सबैभन्दा ठूलो समस्या सुशासन भएको बताइ। उनले थपे, 'सुशासन आज सबैभन्दा ठूलो समस्या हो। सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या हो। भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad