राजनीति


साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छ : पूर्वराष्ट्रपति भण्डारी

साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छ : पूर्वराष्ट्रपति भण्डारी

नेपालखबर
चैत १, २०८१ शुक्रबार १६:३८, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोबास गर्ने समूदायहरुको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसि समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छन्।

शुक्रबारदेखि काठमाडौँमा शुरु भएको ‘हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले नेपाल हिमवत्खण्डको केन्द्रस्थल र विश्वमा मानव सभ्यताको आदिभूमि भएको उल्लेख गरिन्। 

उनले प्राचिन समयको साझा पौराणिक भूगोलका बासिन्दाहरु आज विविध मुलुकका नागरिक भएतापनि हामी बीचमा सभ्यताकोसाझा धागो र संस्कृतिको सुन्दर सेतु रहेको बताइन्। उनले प्रत्येक राष्ट्रका आफ्नै कर्तव्य र दायित्वहरु रहेको उल्लेख गर्दै यसलाई मुलुकको विशिष्ट र प्राकृतिक विषेशता मान्नुपर्ने बताइन्।

उनले भनिन्, ‘हिमवत्खण्डभित्र बसोबास गर्ने विविध समुदायबीच कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसि समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ। प्राचिन समयको साझा पौराणिक भूगोलका बासिन्दा हामी आज विविध मुलुकका नागरिक भएका छौँ। तथापी हाम्रा बीचमा सभ्यताको उही साझा धागो र संस्कृतिको त्यही सुन्दर सेतु छ। जसले हामीलाई आपसमा जोडेको छ र भविष्यमा पनि जोडिरहने छ। अवश्य पनि हाम्रा बीचमा भाषिक भिन्नताहरु छन्। हाम्रा सोच्ने तरिकाहरु फरक छन् र हाम्रा आफ्नै कर्तव्य र दायित्वहरु छन्। ति विविधतालाई हामीले हाम्रा विशिष्ट र प्राकृतिक विषेशता मान्नुपर्छ भन्ने मलाई लाग्दछ। हाम्रा राष्ट्रहरुका सन्दर्भमा पनि यी कुराहरु उत्तिकै लागू हुन्छन्।’

उनले हिमवतखण्ड नेपालमा सबैभन्दा प्राचिन ग्रन्थ ऋग्वेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको उल्लेख गरिन्। यही भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादूर्भाव र विस्तार भएको उनको भनाइ छ। 

आउँदो आइतवारसम्म चल्ने सम्मिलनमा सात वटै प्रदेशका साथै भारत, चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्याण्डमा बसोवास गर्ने नेपाली सहभागीहरुको समेत सहभागिता रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad