सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री भइसकेपछि सोचेअनुसारको काम गर्न नसकेको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री बनेको ४/५ महिना भएको जस्तो आफूलाई लागे पनि ८ महिना पुगेको तर सोचेअनुसारका योजनाअघि बढाउन नसकेको बताएका हुन्।
उनले आइटी, टेलिकम क्षेत्रलाई व्यवस्थित बनाएर जानुपर्ने आवश्यकता रहेको बताए। उनले शासकीय शैलीमा सुधार नगरी अघि बढ्न नसकिने बताए।
गुरुङले अध्यादेशलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाए।
‘मन्त्री बनेको आज ८ महिना भइसकेछ। बितेकै थाहा छैन। ४/५ महिना भयो होला जस्तो लागेको थियो। अस्ति पो ८ महिना पुगिसक्यो। असारको ३१ गते मन्त्री भएको भन्छन्। यो ८ महिनामा सिन्कै भाँच्न सकेको छैन त म भन्दिनँ,' उनले भने, 'तर खोजेको परियोजना भएन। म आफैँले आफैँलाई रिभ्यु गर्दा।'
मन्त्री गुरुङले जनताको सूचनाको हक प्रवर्द्धन, जनताको अभिव्यक्ति स्वतन्त्रता अभिवृद्धि गर्नेकुरामा कुनै सम्झौता नहुने बताए। उनले सामाजिक सञ्जालबाट हुने अपराधपूर्ण कामहरूलाई नियन्त्रण गर्न सामाजिक सञ्जालसम्बन्धी विधेकय ल्याइएको बताए।
Shares

प्रतिक्रिया