कारोबार


इसेवाले ल्यायो १० रुपैयाँको होली केयर बिमा योजना

इसेवाले ल्यायो १० रुपैयाँको होली केयर बिमा योजना

नेपालखबर
फागुन २८, २०८१ बुधबार १७:०, काठमाडौँ

डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले होलीको उपलक्ष्यमा ‘होली केयर’ बिमा योजना सार्वजनिक गरेको छ। 

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सहकार्यमा इसेवाले बिमा योजना ल्याएको हो।  

कम्पनीले १० रुपैयाँमै उपलब्ध यो योजना डिजिटल माध्यमबाटै खरिद गर्न सकिनेछ। इसेवा एपमार्फत योजना खरिद गर्न सकिने कम्पनीले उल्लेख गरेको छ। 

यो योजना खरिदमा ग्राहकले एक हप्तासम्मको लागि दुर्घटना बिमा र अस्पताल खर्च पाउनेछन्। योजनाले २ लाख ३० हजार रुपैयाँसम्म व्यहोर्नेछ।

होलीमा हुनसक्ने आकस्मिक घटनालाई मध्यनजर गर्दै सुरक्षित र चिन्तामुक्त रुपमा पर्व मनाउन सहयोग गर्ने उद्देश्यले यो योजना ल्याएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad